अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमक नगरकार्यपालिकामा एमालेका तर्फबाट आठै जना सदस्य निर्विरोध

दमक नगरकार्यपालिकामा एमालेका तर्फबाट आठै जना सदस्य निर्विरोध


दमक- दमक नगरकार्यपालिकामा नेकपा एमालेबाट आठै जना प्रतिनिधी निर्विरोध निर्वाचित भएका छन् ।
सारदा सापकोटा,कमला बस्नेत खाती,विणा साह,खेमकुमारी परियार,देवका भुजेल निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी लोकबहादुर धिमाल,शेरबहादुर गजमेर र गौतम गुप्ता पनि एमालेको तर्फबाट निर्वाचित हुनु भएको छ ।
अस्ती जेठ १० गते बसेको बैठकले ८ जना नेताहरुलाई नगरकार्यपालिकामा पठाउने निर्णय गरेको एमालेले जनाएको छ ।
निर्वाचित कार्यपालिकाका सदस्यहरुलाई आजै नगरप्रमुख राम थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । नगरकार्यपालिकामा आठ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । उनीहरुलाई निर्वाचित जनप्रतिनिधीहरुले मतदान गर्दछन् । दमकमा एमालेको स्पष्ट बहुमत भएकोले गठबन्धनले कुनै सदस्यमा पनि दाबी गरेन ।