अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण भोलि

काठमाडौंमा नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण भोलि


काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले भोलि सोमबार शपथग्रहण हुने भएको छ। महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यलगायतले शपथग्रहण गर्नुहुनेछ ।

भोलि बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले स्वतन्त्रबाट निर्वाचित महानगरका मेयर बालेन्द्र शाह ९बालेन०लाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि मेयर शाहले अन्य जनप्रतिनिधिहरूलाई शपथग्रहण गराउनुहुनेछ ।

राष्ट्रिय सभागृहमा हुने शपथग्रहण कार्यक्रमपछि मेयर शाह र उपमेयर सुनीता डंगोलले पदभार ग्रहण गर्नुहुनेछ । महानगरका कुल ३२ वडामध्ये १९ वडाको नेतृत्व नेपाली कांग्रेसले लिएको छ । नेकपा एमालेले १२ र नेकपा एकीकृत समाजवादीले एउटा वडाको नेतृत्व लिएको छ ।