अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रियुगाको मेयरमा कांग्रेसका वसन्त बस्नेत जित नजिक

त्रियुगाको मेयरमा कांग्रेसका वसन्त बस्नेत जित नजिक


उदयपुर – त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेत जित नजिक पुग्नुभएको छ ।

३८ हजार ३७४ मतगणना हुँदा बस्नेतले १३,२६३ मत ल्याउनुभएको छ । एमालेका भागवत राउतको ११,२३२ मत छ । राउतको भन्दा बस्नेतको मत २०२३ ले बढी छ । अब गणना हुँन बाँकी १८०५ मात्रै छ ।

यस्तै, तेस्रोमा रहेका नेकपा ९एकीकृत समाजवादी०का बलदेव चौधरीको ८, ८९९ मतमात्रै छ ।

उपमेयरमा भने एमालेकी महेश्वरी राईको अग्रता रहेको छ । उनले १२, ८७६ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी सरिता राई ११,४५१ मतका साथ दोस्रो स्थानमा छन् ।

अहिले वडानम्बर १० र ११ को गणना जारी छ ।