अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी


उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्त बस्नेत निर्वाचित हुनु भएको छ। उहाँले निकटतम् प्रतिद्धन्द्धि एमालेका उम्मेदवार भागवत राउतलाई २ हजार ८६ मतान्तरले पराजित गरेका हुन् ।

बस्नेतले १३ हजार ९५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार ८७३ मत प्राप्त गर्नुभयो। अर्का प्रतिस्पर्धी निवर्तमान नगर प्रमुख नेकपा एकीकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीले ९ हजार १४७ मत पाउनु भएको थियो ।

नगर उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी हुनु भएको छ । उहाँले कांग्रेस उम्मेदवार सरिता राईलाई १ हजार ७२२ मतले पराजित गर्दै उपप्रमुखमा विजयी हुनु भएको हो । एमालेकी महेश्वरीले १३ हजार ७०३ मत र कांग्रेसकी सरिताले ११ हजार ९८१ मत ल्याउनु भएको छ ।

त्रियुगा नगरपालिकामा जम्मा ४० हजार १३७ मत खसेको थियो । १६ वटा वडा रहेको त्रियुगा नगरपालिकामा ९ वटा वडामा वडाअध्यक्ष नेपाली कांग्रेसका निर्वाचित भएका छन् भने ३ वडामा माओवादी निर्वाचित भएको छ ।

नेकपा एमाले ४ वटा वडा अध्यक्षयमा निर्वाचित भएका छन् । त्रियुगा नगरपालिका १ मा कांग्रेसका मनोज कुमार चौधरी, २ मा एमालेका घमान सिंह खत्री, ३ मा कांग्रेसका तिलक बहादुर कटुवाल, ४ मा कांग्रेका बद्री बस्नेत, ५ मा कांग्रेसका उदव कुमार थापा, ६ मा एमालेका योगन्द्र बहादुर दाहाल, ७ मा एमालेका अमर बहादुर दनुवार, ८ मा कांग्रेसका राजकुमार राउत, ९ कांग्रेसका राजकुमार दनुवार, १० मा एमालेका किरण पाण्डे, ११ मा कांग्रेका सुमन्त कोइराला, १२ मा कांग्रेसका चुरामनी काप्फले, १३ कांग्रेसका नविन कुमार चौधरी, १४ मा माओवादीकेन्द्रका हिम राज मगर, १५ मा माओवादी केन्द्रका गणेष प्रसाद तिम्सीना, १६ माओवादी केन्द्रका मान बहादुर राई विजयी भएका छन् ।