अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध

भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध


भक्तपुर – भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरुमध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

नगरपालिकाको नगरकार्यपालिका सदस्यमा वडा नं ३ मा सुनिता अवाल (प्रजापति), वडा नं ५ मा कृष्णप्यारी भुजू, वडा नं ६ मा रोशनमैयाँ सुवाल, वडा नं ७ मा रञ्जना त्वाती र वडा नं ९ मा छोरीमैयाँ सुजखु प्रजापति निर्विरोध निर्वाचित हुनुभएको हो । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन् । सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढङ्गले काम गर्ने बताउनुभयो ।

नगरपालिकाले सस्तो लोकप्रियताका लागि नभई भक्तपुर नगर र नगरवासीहरुको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढङ्गले काम गर्दै आइरहेको बताउँदै उहाँले जनतासँग एकाकर भई काम गर्न सके जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एकएक गरी पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल र उपलब्धिमूलक हुने ढङ्गले काम अगाडि बढाउने बताउनुभयो ।