अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीलाई नारायणकाजी श्रेष्ठको प्रश्न- एमसीसी खारेज भएको हो ?

अर्थमन्त्रीलाई नारायणकाजी श्रेष्ठको प्रश्न- एमसीसी खारेज भएको हो ?


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास गर्ने क्रममा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाले एक शब्द नबोलेको बताउनु भएको हो ।

आज राष्ट्रिय सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनु भएको हो ।

नेता श्रेष्ठले लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण कार्य अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएकोमा प्रश्न गर्नु भएको थियो । उक्त योजना एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा अर्थमन्त्रीले आफैंले प्रस्ताव राखेको हो भक्न्ने प्रश्न गर्नुभयो ।

नेता श्रेष्ठले एमसीसी परियोजना अन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले प्रशारण लाइन निर्माण गर्ने कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव हो वा एमसीसी परियोजना अन्तर्गत भनेर यसबारे सरकारले स्पष्ट पार्नुपर्ने भन्दै जवाफ माग्नु भएको थियो ।

नेता श्रेष्ठले भन्नुभयो, ‘लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर चार सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने भनिएको छ, यो पहिला भनेजस्तै एमसीसीको योजना हो कि, आफैंले बनाउने भनेको हो ? त्यो प्रष्ट भएन । संसद्‍बाट एमसीसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरिएको थियो । अमेरिकाले अहिलेसम्म १२ बुँदे व्याख्यात्मक घोषणाबारे एक शब्द बोलेको छैन । त्यसकारण यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैंले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई प्रश्न गर्न चाहन्छु ?’