अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति अचानक काँक्रेविहार पुग्दा… (फोटो फिचर)

राष्ट्रपति अचानक काँक्रेविहार पुग्दा… (फोटो फिचर)


कर्णाली – राष्ट्रपति विद्यादेवी भण्डारीको भोलि बाजुराको बडीमालिका जाने कार्यक्रम थियो । त्यही क्रममा आज उहाँ नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारे क्याम्पमा दिउसो डेढ बजे अवतरण गर्नुभयो । त्यहाँ पुगेपछि सरकारका उच्च पदस्थ पदाधिकारीसँग त भेट भयो नै । प्रदेशका सांसद, मन्त्री पनि पुग्नै भए । त्यति मात्र होइन वीरेन्द्रनगर नगरपाकिलाका नवनिर्वाचित प्रमुख मोहनमाया ढकाल पनि राष्ट्रपतिलाई भेट्न पुग्नुभयो । उहाँलाई राष्ट्रपतिले बधाइ तथा शुभकामना दिएपछि ढकालले काँक्रेविहार अवलोकन गर्ने प्रस्ताव राष्ट्रपतिललाई  गर्नुभयो ।

त्यसलाई राष्ट्रपतिको सचिवालय र सुरक्षा र भ्रमणदलले पनि अनुमोदन ग¥यो र अपरान्ह ५ बजे राष्ट्रपति भण्डारी पर्यटकीय तथा ऐेतिहासिक स्थल काँक्रेविहार पुग्नुभयो । यो विरेन्द्र नगरपालिका–९ मा पर्दछ ।

त्यहाँ करीब ३० मिनेट बिताउनुभएकी भण्डारीलाई प्रमुख ढकालले फूलले स्वागत गर्नुभयो । उहाँले काँक्रेविहारको अवस्थाको बारेमा पनि राष्ट्रपतिलाई स्थलगत रूपमा जानकारी गराउनुभयो । राष्ट्रपति भण्डारीलाई प्रमुख ढकालले वीरेन्द्रनगर नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो ।

काँक्रेविहारमा एमाले स्थयी कमिटी सदस्य एवं कर्णाली प्रदेशसभामा विपक्षी दलका नेता यामलाल कडेल लगायत सहभागी हुनुहुन्थ्यो ।