अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले भने– ‘देश उभो लाउने टोली’

दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले भने– ‘देश उभो लाउने टोली’


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको प्रशंसा गर्दै उनीहरूसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

मंगलबार प्रधानमन्त्री शाहले फेसबुकमार्फत आफू, अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल विमानभित्र सँगै उभिएको तस्बिर सार्वजनिक गरेका हुन् । भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किने क्रममा खिचिएको उक्त तस्बिरसँगै उनले दुई मन्त्रीलाई मिहिनेती व्यक्तिका रूपमा चित्रण गरेका छन् ।

तस्बिरको क्याप्सनमा प्रधानमन्त्री शाहले लेखेका छन्, ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरु !’

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा सहभागी भएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी गरेका थिए ।

यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै टिप्पणी गरेका थिए ।