अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दरबार हत्याकाण्डको २१ वर्ष पुरा

दरबार हत्याकाण्डको २१ वर्ष पुरा


काठमाडौं -आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ ।
२०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो ।
हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यमै छ । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो ।नारायणहिटी दरबार अहिले सङ्ग्रहालयका रुपमा रहेको छ । सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ पनि नागरिकका लागि खुला राखिएको छ ।

Skip This