अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘तिम्रो मायामा’ सार्वजनिक

‘तिम्रो मायामा’ सार्वजनिक


काठमाडौं – गायक स्थानेश्वर गौतमको सुमधुर स्वर र सङ्गीतमा समावेश गजल ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रमेश लुइँटेलको गीत रचना रहेको सो म्युजिक भिडियाको गीतमा नरेन्द्र वियोगीले सङ्गीत संयोजन प्रदान गर्नुभएको छ । यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाँच्न सक्छु भन्ने भावना प्रेमीले गीतमार्फत व्यक्त गरेका छन् ।

‘तिम्रो मायामा हरेक पल विष पिएरै बाँचिदिन्छु, तिमै्र निम्ति भए पनि मुटु सिएरै बाँचिदिन्छु’, ‘तिम्रो तस्वीर मुटुमा सजाएँ अन्तिम श्वास फेर्दा जलेको जल्यै, म तिमीझैँ आफैँ सिद्धिएरै बाँचिदिन्छु’, ‘कसम, कसम, हाँसी, हाँसी प्राण दिएरै बाँचिदिन्छु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्रीको अभिनय छ । राम केसीले छायाङ्कन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ । भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको हो । अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वनजिक भएको जनाइएको छ ।