अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्युजिक नेपाल युट्युब च्यानलको नाम कसरी भयो ‘टेस्ला लाइभ’ ?

म्युजिक नेपाल युट्युब च्यानलको नाम कसरी भयो ‘टेस्ला लाइभ’ ?


काठमाडौं – नेपालको सबैभन्दा बढी सब्स्क्राइबर भएको युट्युब च्यानल हो ‘म्युजिक नेपाल’ । यसको युट्युब नाम पनि म्युजिक नेपाल नै हो । तर, गत मंगलबारबाट नाम ‘टेस्ला लाइभ’ भएको छ । यो किन भयो त ? यो नाम म्युजिक नेपालले नै भने राखेको होइन । ह्याकरको कब्जामा च्यानल परेपछि ह्याकरले यसको नाम परिवर्तन गरिदिएका छन् ।

विभिन्न भाकामा नेपाली गीत संगीत राख्दै आएको च्यानल मंगलबारबाट ह्याक भएको म्युजिक नेपालले जानकारी दिएको छ । यसअघिका ह्याकिङ घटनामा जस्तो यसमा भिडिओहरू गायब भने भएको छैनन् ।

ह्याकिङका अन्य घटनामा ह्याकरले च्यानल ह्याक गरी नाम परिवर्तन पश्चात सम्पूर्ण भिडियो गायब पार्ने गरेका थिए । यसअघि नेपालमा चर्चित मानिएका ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टिभी, गायक कमल खत्री, भिटेन आदिको युट्युब च्यानल समेत ह्याक भएका थिए ।

नेपालमा ह्याक भइरहेका च्यानलहरूमा प्रायः प्रतिबन्धित क्रिप्टो सम्बन्धी लाइभ हुने गरेको थियो । यसमा भने हालसम्म कुनै किसिमको लाइभ सञ्चालन गरिएको छैन । नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ । नामलाई आधार बनाउने हो भने ह्याकरले त्यसमा टेस्ला सम्बन्धी जानकारी दिने योजना बनाएको थियो ।

तर, कम्पनीले युट्युब च्यानल आफ्नो पहुँचमा आइसकेको बताएको छ । च्यानलको सम्पूर्ण लगइन डिटेल प्राप्त भइसकेको भएपनि नाम परिवर्तन भने हुनसकेको छैन् । नाम परिवर्तनका लागि थप काम भइरहेको म्युजिक नेपालले जानकारी दिएको छ ।