अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर बालेन ‘नेपहपको श्रीपेच’ मा पनि देखिने

मेयर बालेन ‘नेपहपको श्रीपेच’ मा पनि देखिने


काठमाडौं – अहिले बालेन साहको परिचय फेरिएको छ । उहाँ काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको छ । र, अबको समय महानगरको काममा दिने पनि उहाँले बताउनुभएको छ ।

तर, उहाँ मेयरमा निर्वाचित भइसकेपछि पनि ¥याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने तयारीमा हुनुहुन्छ । शोका निर्देशक निकेश खड्काले बालेन नै जुरीको रूपमा बताउनुभयो ।

उहाँले आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर ‘नेपहपको श्रीपेच’ को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने बताइएको छ ।

बालेनको व्यस्ततालाई ख्याल गर्दै कार्यक्रमको सुटिङ समय निर्धारण गरिएको छ । मेयर भइसकेपछि बालेनको व्यस्तताका कारण उहाँले जुरीको कामलाई निरन्तरता दिने वा नदिनेबारे अन्योल थियो । अब बालेलले यसलाई पनि निरन्तरता दिने बताएपछि यो अन्योलता पनि हटेको छ ।