अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण (फोटो फिचर)

विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण (फोटो फिचर)


काठमाडौं – विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेतको सहभागितामा फलफूल लगायत विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागिता थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माका अनुसार देशभरका सशस्त्र प्रहरी बलका विभिन्न इकाइहरुमा समेत वृक्षरोपणको कार्यक्रम छ ।