अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ


काठमाडौं – ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका २३ वर्षीय मिलन परियार छन् ।

उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार ती किशोरीलाई प्रलोभनमा पारेर परियारले १४ जेठमा साँझ जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ । घटनाबारे जानकारी प्राप्त हुने वित्तिकै प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।