अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडको विकासमा सहयोग गर्न तयार छु : योगेश भट्टराई

बिर्तामोडको विकासमा सहयोग गर्न तयार छु : योगेश भट्टराई


बिर्तामोड – नेकपा एमालेका सचिव योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई नगरपालिकामै उपस्थित भई बधाई तथा शुभकामना दिनु भएको छ ।

शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सचिव भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खादा लगाएर बधाई तथा शुभकामना दिनु भयो ।

भेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराउनु भयो । सचिव भट्टराईले नगरको विकासका लागि आफुले सदैव सहयोग गर्ने बताउनु भयो ।

भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो । एमाले सांसद तथा पूर्वमन्त्री भट्टराईलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।