अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालले गाँजा बेचे वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने एमाले सांसद तामाङको दाबी

नेपालले गाँजा बेचे वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने एमाले सांसद तामाङको दाबी


काठमाडौं – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि भएको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले गाँजाबारे उक्त दाबी गर्नुभएको हो ।

उहाँले गाँजा बेचेर नै राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने पनि दाबी गनुएभयो । गाँजाका गुण बताउँदै उहाँले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गर्नुभयो ।

लामो समयदेखि गाँजालाई बैधानिकता दिन माग गर्दै आउनुभएका उहाँले आइतबारको बैठकमा पनि यसको विषयमा चर्चा गर्नुभएको थियो । भन्नुभयो, ‘नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति सकिरहेका छन् । यसैगरी प्राणघातक रोग एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउने अधिकार नष्ट भइरहेको छ । एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो । यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन् ।’

नेपालमा गाँजाबाट बनेको औषधि नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्न लागेको पनि तामाङको दाबी थियो ।