अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसेनापति कटवालको मिर्गौला प्रत्यारोपणको तयारी, कसले देला मिर्गौला ?

पूर्वसेनापति कटवालको मिर्गौला प्रत्यारोपणको तयारी, कसले देला मिर्गौला ?


काठमाडौं – नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवालको दुवै मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गर्न लागिएको छ ।

पूर्वसैनिक अधिकृतसमेत रहनुभएका कटवालका छोरा शुभांगद कटवालका अनुसार मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेको छ ।

कटवाल हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलासिस गरी ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आराम गरिरहनुभएको छ ।

‘बुबाको चाहना नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने छ । त्यसका लागि दाताको खोजी भइरहेको छ,’ छोरा शुभांगदले भन्नुभयो । केही समयअघि मिर्गौलामा समस्या देखिएपछि उनको उपचारमा संलग्न चिकित्सकले कटवाललाई मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका हुन् ।

२०६६ सालसम्म नेपाली सेनाका प्रधानसेनापति रहनुभएका कटवाल त्यसयता विभिन्न सामाजिक गतिविधिमा व्यस्त हुनुहुन्छ ।