अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार मलको समस्यामा मौनधारण गरेर बसेको छ : विशाल भट्टराई

सरकार मलको समस्यामा मौनधारण गरेर बसेको छ : विशाल भट्टराई


काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले किसानहरु मलको समस्यामा रहेका बेला सरकार मौनधारण गरेर बसेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभामा दर्ता भएको रासायनिक मलको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन प्रस्तावमा बोल्दै भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले ३० प्रतिशत आयत घटाउने भन्ने कार्यक्रम ल्याएको छ तर सरकारसँग १ दाना मल उपलब्ध गराउने उपाय छैन । सरकार मौन धारण गरेर बसेको छ। सरकार मुकदर्शक भएर बसेको छ ।’