अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाइयो ? : एमाले उपमहासचिव ज्ञवाली

तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाइयो ? : एमाले उपमहासचिव ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको बताउनुभएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पार अलकत्रा खाने ? चीनसँग वर्तमान सरकारको नीति ठिक भएन ।’

कुनै सहायता सित्तैमा पाइए पनि लिनु हुँदैन तर, आवश्यकता प¥यो भने ऋण पनि लिने नीति रहेको बताउँदै उहाँले ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्ने बताउनुभयो ।

तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाएको भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘उहाँ अरू पनि विषय हेर्नुहुन्छ होला तर छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामीले गर्दैछौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ,’ उनले भने, ‘समग्रमा भन्दा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक भइरहेको छैन ।’