अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीसँग नारायणकाजीको भेट

अध्यक्ष ओलीसँग नारायणकाजीको भेट

वामगठबन्धनका बारेमा कुनै कुरा भएको छैन : दुवै पक्ष


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हिजो बालकोट गएर भेट्नुभएको छ ।

नारायणकाजीले केही समय पहिले देखि नै अध्यक्ष ओलीलाई भेट्न समय मागिरहनु भएको थियो । हिजो साँझ करिब दुई घण्टा उहाँहरु बीच छलफल भएको बालकोट स्रोतले जानकारी दिएको छ ।

भेटमा के विषयमा छलफल भयो बालकोटले केही खुलाएको छैन । ‘उहाँहरु बीच वान टु वान भेट वार्ता भएको हो’ बालकोट स्रोत भन्छ ‘के विषयमा छलफल भयो भन्न सकिएन ।’ स्रोतका अनुसार नारायणकाजी नेपालमा बढ्दो अमेरिकी चहलपहलका विरुद्ध छन् ।

यसै क्रममा सरकारले पनि अमेरिकीहरुलाई बढी प्राथमिकता दिने र चिनियाहरुलाई कम महत्व दिएको विषयले सत्ता गठबन्धनमा पनि माओवादीले असन्तुष्टी जारी राखेको छ । संसदमा एमाले अध्यक्ष ओली र नेता प्रदिप ज्ञवालीले यस विषयमा कुरा उठाए पछि नारायणकाजी अध्यक्ष ओलीसँग वार्ता गर्न इच्छुक हुनुभएको हो ।

भेटमा चर्चामा आएजस्तो वाम गठबन्धनका बारेमा केही कुरा नभएको दुवै पक्षले जनाएका छन् । नेता श्रेष्ठले पनि वाम गठबन्धनका बारेमा अध्यक्ष ओलीसँग कुनै कुरा नभएको यो बेलालाई बताउनुभयो ।