अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘कबड्डी ४’ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै काठमाडौं प्रशासनमा उजुरी दर्ता

‘कबड्डी ४’ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै काठमाडौं प्रशासनमा उजुरी दर्ता


काठमाडौं –  ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ ।

रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनु भयो । निवेदक लामाले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुँदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’

रामबाबु गुरुङ निर्देशित फिल्मले प्रदर्शनको १६ दिनसम्म २० करोड रुपैयाँ बढी ग्रस कमाइ गरेको छ ।