अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको प्रश्न : बजेट निर्माणमा पूर्व नायवसुब्बाको भूमिकाबारे संसद्मा जवाफ खै ?

एमालेको प्रश्न : बजेट निर्माणमा पूर्व नायवसुब्बाको भूमिकाबारे संसद्मा जवाफ खै ?


काठमाडौं – नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले करको दर परिवर्तनमा अन्य व्यक्तिलाई प्रयोग गरेको विषयमा संसद्मा प्रष्ट नपार्नु आपत्तिजनक भएको बताएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले पत्रपत्रिकामा राजश्वको दर तलमाथि गर्न अपरिचित व्यक्तिलाई राखेर बजेट बनाएकोप्रति संसद्मा जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका तर्फबाट योगेश भट्टराईले अर्थमन्त्रीको विषयमा प्रश्न उठाइसकेको बताउँदै जवाफ किन नदिएको भन्दै प्रश्न गर्नुभयो । सांसद भट्टराईले हिजो अर्थमन्त्रीको कार्य राष्ट्रियताविपरीत भएकाले राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो ।

पाण्डेले पनि यस्तो गम्भीर प्रश्नमा प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्ने धारणा राख्नुभयो । उहाँले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने÷ नपर्ने विषय संसद्मा जवाफ दिनुपर्ने बताउनुभयो । पाण्डेले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनाधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको विषयको बारेमा ध्यानाकर्षण गराउनुभयो ।

शर्माले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराउनुभएको थियो ।