अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसै आर्थिक वर्षबाट किसानलाई पेन्सन : कृषि मन्त्री यादव

यसै आर्थिक वर्षबाट किसानलाई पेन्सन : कृषि मन्त्री यादव


काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यो आर्थिक वर्षबाट नै किसान पेन्सन सुरु गर्ने बताउनुभएको छ ।

सांसदहरूले प्रतिनिधिसभामा उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’

किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने उहाँले बताउनुभयो । सबै किसानको परिचय पत्र बनाउने, त्यसपछि कस्ता किसानलाई पेन्सन दिने भनेर वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने उहाँले बताउनुभयो ।

‘यसैपालिबाट किसानलाई पेन्सन दिने कुरा बजेटमा गरिएको छ । हामी चाहन्छौं यसैपालिबाट किसान पेन्सन दिनुपर्छ यसका लागि कार्यविधि बनाउनुपर्ने, छलफल गर्नुपर्ने छ ।’