अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ


पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका वडा-१ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापा जानकारी दिनुभयो ।

रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई विकले एक साताअघि रिब्दीकेट गाउँपालिका वडा-२ को सानोदमकस्थित जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ ।

पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीले खोजतलास गरेर विकलाई पक्रेको हो ।