अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा हत्या गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

बारामा हत्या गरेर भागेका युवक काठमाडौंबाट पक्राउ


काठमाडौं – बाराको कलैयामा ७० वर्षका वृद्धको हत्या गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको रामपुर घर भएका ३८ वर्षीय बजरंगी मलाहा छन् । जेठ २७ मा मलाहाले बाराको कलैया उप महानगरपालिका वडा-९ घर भएका ७० वर्षीय अहमद मियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी परिसर काठमाडौंको टोलीले मलाहालाई गौशालाबाट पक्राउ गरेका हुन्।