अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपत्मा अझै बेवास्ता

विपत्मा अझै बेवास्ता


ठिक एक बर्ष अघि २०७८ असार १ मा मेलम्ची र आसपासको क्षेत्रमा बाढीले धेरै पु¥यायो । पुनः साउन १६ गते आएको बाढीले हेलम्वू र मेलम्ची नगरपालिकामा ठूलो धनजनको क्षति गरायो । कैयौँ घर, खेत, जग्गा जमिन बगायो । बाटाघाटा, पुल पुलेसादेखि अन्य धेरै भौतिक क्षति धेरै भयो । मेलम्ची नगरपालिका क्षेत्रमा मात्रै करिब १ हजार ५ सय रोपनी जग्गा क्षति भयो । २ सय १५ परिवार भन्दा धेरै विस्थापित बनायो ।

बाढीले हेलम्बु गाउँ पालिकामा पनि धेरै क्षति भयो । पाँचपोखरी थाङ्गपालधाप गाउँपालिकामासमेत मानवीय क्षति भयो । धेरै मानिसहरू सम्पर्कविहीन भए । मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना मजदूरहरू, तीन जना भारतीय नागरिक, तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक बेपत्ता भए । उनीहरूसहित २६ जनाको ज्यान गयो ।

यो बाढीले हेलम्बू र मेलम्चीको सर्वनाश मात्र गरेन काठमाण्डौंमा पठाईएको पानीमा पनि धेरै समस्या बनायो । बाढीसँगै आएको ठूलो परिमाणको गेगरानको बहावले समस्या झनै बढायो । मेलम्ची नदी सँगै ईन्द्रावती नदीमा आएको बाढीले थप समस्या सृजना गरायो । दुवै नदी जोडिएको दोभानमा जमेको बालुवा र लेदोको कारण मेलम्ची वजार क्षतविक्षत भयो । धेरै घरहरू अहिले पनि पुरिएका छन् ।

बाढीले बितण्डा गरेको मेलम्ची आसपास र पीडितका बारेमा संघीय सरकारले भर्खरै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सम्बोधन भएन । नयाँ बजेटमा पनि यस बिषयमा उल्लेख नहुनु दुख लाग्दो बिषय हो ।

गत वर्ष बाढी आउँदा भ्रेमाथाङको चौरको अन्दाजी दश प्रतिशत जति मात्र बालुवा बगाउँदा यस्तो डरलाग्दो अवस्था सृजना भएको थियो । हेलम्वू गाउँपालिका तथा मेलम्ची नगरपालिका आसपास असुरक्षित हुने विज्ञहरूको अनुमान रहेकोछ । यो वर्षको मनसुन सुरु भैसकेको र प्रशस्त पानी पर्न सुरु भएकोले यसको असर र प्रभावबाट बच्न बचाउन पूर्वसावधानी अपनाउनु आवश्यक छ ।

यसका लागि सरोकारवाला अझ चनाखो हुनु आवश्यक छ । बाढीले बितण्डा गरेको मेलम्ची आसपास र पीडितका बारेमा संघीय सरकारले भर्खरै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सम्बोधन भएन । नयाँ बजेटमा पनि यस बिषयमा उल्लेख नहुनु दुख लाग्दो बिषय हो । मेलम्ची खानेपानी बिकास समिति पनि बिघटन गरेको आसयका कुरा आएका छन् । यसले संघीय सरकार मेलम्चीप्रति अनुदार रहेको देखाउँछ । मेलम्चीको पानीसँगै याङ्ग्री र लार्केको पानी पनि काठमाडौं लैजाने योजना छ । तर, यहाँको बारेमा संघीय सरकारले वेवास्ता गरेको स्पष्ट देखिन्छ ।

मेलम्ची खानेपानी बिकास समिति नै विघटन भएमा यहाँका सामाजिक उत्थान कार्यक्रमहरू पनि विघटन हुनसक्दछन् । यस्तो गहन विषयमा बजेटमा ध्यान नपु¥याउनु दुःखको कुरा हो । मेलम्ची, हेलम्बू पाँचपोखरी र ईन्द्रावती क्षेत्रका जनताका पक्षमा बिशेष योजना आउनु आवश्यक छ । बाढीपहिरोमा परेर दिवंगत हुनु भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । र, मेलम्ची नगरपालिकाको तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने बचनबद्धता व्यक्त गर्दछु ।