अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘विप्लव’ नेतृत्वको नेकपाका चार नेताद्धारा पार्टी छाडेको घोषणा

‘विप्लव’ नेतृत्वको नेकपाका चार नेताद्धारा पार्टी छाडेको घोषणा


काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाका चार नेताले पार्टीबाट छाडेको घोषणा गर्नुभएको छ । बिहीबार एक संयुक्त विज्ञप्ति जारी गरेर पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित चार जना नेताले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

पुनसहित केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियारले राजीनामा दिनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी कमरेड किरण देखि कमरेड विप्लवको नेतृत्वमा पार्टी निर्माण तथा पुनर्निर्माण सँगसँगै यहाँसम्म आएको कुरा सर्वविदितै छ। अहिले पनि हामी सोही पार्टीको नीति र निर्णयमा पार्टीले दिएको जिम्मेवारीमा कटिबद्ध भएर नै आएका छौं । तर अब हामी अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं।’

माओवादी धारलाई एकीकृत र ध्रुवीकृत गर्ने वस्तुगत आवश्यकता महसुस गरी त्यसकै प्रयास स्वरूप पार्टीबाट अलग भएको जारी विज्ञप्तिमा उल्लेख छ।