अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नगरसभा सकिएको ‘खुसीयाली’ मा सार्वजनिक बिदा !

नगरसभा सकिएको ‘खुसीयाली’ मा सार्वजनिक बिदा !


काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

आज बसेको ११ औं नगरससभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबार नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गर्नुभएको सूचनामा भनिएको छ ,‘यस बाह्रबिसे नगरपालिकाको मिति २०७९/०३/०९ गते ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९/०३/१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ ।’