अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री हेरफेर केही घण्टाभित्रै हुन्छ : प्रचार विभाग प्रमुख खतिवडा

मन्त्री हेरफेर केही घण्टाभित्रै हुन्छ : प्रचार विभाग प्रमुख खतिवडा


काठमाडौं – नेकपा एकीकृत समाजवादीबाट सरकारमा सामेल मन्त्री केही घण्टामानै हेरफेर हुने दाबी गरिएको छ ।

केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताउनुभयो ।

‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले पार्टीमा मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्दै हल्लामात्रै भएको बताउनुभयो । ‘पार्टीमा व्यक्तिगत रुपमा कसले कोसँग छलफल ग¥यो ? के भन्यो भन्ने कुराले अर्थ राख्दैन । पार्टीको निर्णय नै अन्तिम सर्त हुन्,’ उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीको निर्णयभन्दा माथि कोही पनि छैन ।’ उहाँले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्थासमेत नरहेको दाबी गनुभयो ।