अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मूल्यवृद्धि विरुद्ध एमालेका जनसंगठनले सडक आन्दोलन गर्ने

मूल्यवृद्धि विरुद्ध एमालेका जनसंगठनले सडक आन्दोलन गर्ने


काठमाडौ- नेकपा एमाले मुल्य वृद्धि बिरुद्ध सडक आन्दोलनमा गर्ने भएको छ
। नेकपा एमालेले जनसंगठन समन्व्य संयन्त्रमार्फत सडक आन्दोलना जाने निर्णय गरेको हो ।एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संयन्त्रको बैठकले आकासिएको मूल्यबृद्धि, रासायनिक मलको अभाव र बिद्यार्थीले पाठ्यपुस्तक नपाएको बिषय अत्यन्तै संवेदनशील रहेकोले आन्दोलनमा जाने निर्णय लिएको हो ।
‘सरकार अत्यन्तै गैर जिम्मेवार बन्यो, मूल्यवृद्धिले सीमा नाघ्यो, जनताको समस्याप्रति सरकारले वास्ता गरेन, यो सरकारले जनतामाथि महंगीको मार पारिरहने प्रष्टै भएपछि आन्दोलनको बिकल्प रहेन,’ बैठकको निर्णय सुनाउँदै जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले भन्नुभयो ।

उहाँले मूल्य वृद्धि बिरुद्ध सडक आन्दोलनमा गइसकेको अनेरास्ववियु लगायतका जनसंगठनले आन्दोलन जारी राख्ने र अन्य जनसंगठन पनि आन्दोलनमा समाहित भएर प्रभावकारी बनाउँदै सरकारलाई झुक्न बाध्य बनाउने जानकारी दिनुभयो । एमाले उपमहासचिव तथा पार्टी स्कूल बिभाग प्रमुख प्रदीप ज्ञवालीसमेत सहभागी हुनुभएको बैठकले आन्दोलनमा जाँदा सडक र सदन दुवैलाई जोडने निर्णय पनि गरेको छ ।
संयन्त्रका सहसंयोजक रचना खडकाका अनुसार बैठकले २२ वटै जनसंगठनको तर्फबाट सरकारबाट भइरहेको जनतामारा नीतिको बिरोधमा संयुक्त बिज्ञप्ती निकाल्ने र लगत्तै सडक आन्दोलन तताउने निर्णय गरिएको छ ।