अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सचिवालय बैठक सुरु

रास्वपा सचिवालय बैठक सुरु


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक सुरु भएको हो।

देशको पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा पार्टीका साङ्गठनिक गतिविधिबारे छलफल गर्न बैठक बोलाइएको हो।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति र साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रहरीले पत्रकारहरूलाई पक्राउ गरेको घटनापछि सभापति लामिछानेले शुक्रबार राति नै सचिवालय बैठकका लागि पार्टीका नेताहरूलाई खबर पठाएका थिए । सोहीअनुसार शनिबार बैठक बसेको हो।