अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली भेट्न राष्ट्रिय सभाका एमाले साँसदहरु बालकोटमा

अध्यक्ष ओली भेट्न राष्ट्रिय सभाका एमाले साँसदहरु बालकोटमा


काठमाडौं -नेकपा एमालेका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायतबारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् ।
प्रमुख सचेतक देवेन्द्र दाहालका अनुसार केही समसामयिक विषयमा कुरा राख्नु पर्ने भएकोले आफूहरु बालकोट आएको बताउनुभयो । आफूहरुको टिममा एमाले संसदीय दलका नेता खिमलाल भट्राई सहति ११ जना साँसद रहेको दाहालले जानकारी दिनुभयो । स्रोतका अनुसार अध्यक्ष ओलीले बोलाएर सँसदहरु बालकोट पुगेका हुन् ।

यसबाहेक राष्ट्रिय राजनीतिबारे पनि कुरा राख्नेगरी सांसदहरु बालकोट पुगेका हुन् ।