अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘नेकपा कालमा अध्यक्ष ओली माथि प्रचण्ड र नेपालद्धारा लगाइएको आरोप पुष्टि हुन्छ त ?’

‘नेकपा कालमा अध्यक्ष ओली माथि प्रचण्ड र नेपालद्धारा लगाइएको आरोप पुष्टि हुन्छ त ?’


आरोप नं.१ : क. केपी ओलीले पार्टी एकताको निरन्तरता चाहनुभएन ।
दृष्टान्त नं.१. :
एकातिर क.केपी शर्मा ओलीले अदालतको फैसला पश्चात् निर्वाचन आयोगले १५ दिन भित्र नाम सच्चाई एकता कायम गर्न दिएको अवधिमा क.प्रचण्डलाई छलफल गरौं नाम परिवर्तन गरेर भए पनि एकता जोगाउँ भन्ने प्रस्ताव राख्नुभयो । तर, क.प्रचण्ड छलफलमा बस्नै मान्नुभएन । क.माधव नेपालले त पार्टी भित्रै पूर्ववत् अवस्थामै फकौँ भन्ने माग नै गर्नुभयो ।

अर्कोतिर हाल क. केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा (एमाले) मा पुर्व माओवादी पृष्ठभूमि भएका प्रशस्त कमरेडहरू हुनुहुन्छ । तर, क.प्रचण्डले नेतृत्व गर्नुभएको माओवादीमा पुर्व एमाले पृष्ठभूमि भएका एकजना कमरेड पनि हुनुहुन्न । साथै क.माधव नेपालले नेतृत्व गर्नुभएको एकीकृत समाजवादीमा पनि पुर्व माओवादी पृष्ठभूमिका एकजना कमरेड पनि हुनुहुन्न ।

आरोप नं.२ : क.केपी ओलीले अध्यादेशबाट देश चलाउन खोज्नुभयो ।
दृष्टान्त नं.२. :
दलिय व्यवस्थालाई संकुचित र स्वतन्त्रताको हक कुण्ठित पार्ने गरि दल बिभाजन सम्बन्धि प्राबधानमा पार्टी फुटाउन गरिएको पार्टी संसदीय दल र पार्टी केन्द्रीय कमिटीमा कम्तीमा ४० प्रतिशत हुनुपर्ने प्रवन्धलाई क.केपी शर्मा ओलीले र को ठाउँमा संसदीय मुल्य –मान्यतालाई स्थापीत गर्नेगरि वा राखी अध्यादेश ल्याउनुभयो तर पार्टी भित्र क.प्रचण्ड र क.माधव नेपालले विरोध गरे पश्चात् तत्काल फिर्ता गर्नुभयो ।

पछि सदनमा छलफलका लागि प्रयाप्त विधेयक हुँदाहुँदै सभामुखलाई सदन अन्त्य गर्न लगाई दल बिभाजन सम्बन्धि र तथा ४० प्रतिशतको प्रवन्धलाई वा तथा २० प्रतिशतमा राखी शेर बहादुरलाई क.प्रचण्ड र क. माधव नेपाल ले एमाले बिभाजन गर्ने प्रायोजनका लागि अध्यादेश ल्याउन लगाउनुभयो र क.माधव नेपालले एमाले टुक्राय पछि यो रोग कांग्रेस र माओवादी पनि सर्न सक्छ भन्ने डरले उक्त अध्यादेश शेर बहादुर देउवाले फिर्ता गर्नुभयो ।

आरोप नं. ३. : क.केपी ओलीले संसद विघटन गरेर प्रतिगमनकारी कदम चाल्नुभयो ।
दृष्टान्त नं.३. :
२०७४ को जनमतको म्याण्डेट खण्डित भएपछि जनताबाट अर्को म्यान्डेट लिई राजनीतिक दलहरू परिक्षीत हुँदा संसदीय व्यवस्था थप सुदृढ र बलियो हुने अन्तराष्ट्रिय मान्यता अनुरुप क.केपी शर्मा ओली ले संसद विघटन गर्नुभयो । सोही मान्यता अनुरुप इजरायल लगायत देशहरूमा पनि संसद विघटन भई चुनावको घोषणा भयो तर गठबन्धन सरकार बनेपछि क.प्रचण्ड र क.माधव नेपालले गठबन्धनको बैठकमा दुईवटा प्रस्ताव राख्नुभएको (१) एमालेले सदन अबरुद्ध गरिरहने हो भने संसद विघटन गरौ अनि चुनावमा जाउँ (२) बैशाखमा स्थानीय चुनाव होइन पहिला संघको चुनाव गरौ ।

आरोप नं. ४. : क. केपी ओलीले एमसिसि पास गर्न खोज्नुभयो ।
दृष्टान्त नं.४ :
क. केपी शर्मा ओलीले पार्टी बैठकमा भन्नुभयो – अघिल्लो सरकारले ल्याएका कतिपय कार्यक्रमहरू जसले छलफलको माध्यम बाट निरन्तरता पाउनुपर्छ ती र त्यस्ता कार्यक्रमलाई सदनमा छलफल गर्नै नदिने गर्नुहुँदैन कृपया छलफलका लागि सदनमा टेबुल गरौ पास गर्ने नगर्ने संसदले गर्छ । तर, क.प्रचण्डले तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई एमसिसि सदनमा टेबुल नगर्न निर्देशननै दिनुभयो ।

गठबन्धन सरकार बनेपछि एमालेले सदन अबरुद्ध गर्दागर्दै तिनै क.प्रचण्डले सभामुख अग्नि सापकोटालाई एमसीसी सदनमा टेबुल गर्न लगाई माओवादी र एकीकृत समाजवादीले यसको पक्षमा उभिएर पास गर्यो भने बाहिर सडकमा कार्यकर्तालाई विरोध गर्न लगाई दोहोरो चरित्र प्रदर्शन गरेको थियो ।

आरोप नं.५. : क.केपी ओलीले प्राकृतिक न्यायका लागि पार्टी र पार्टी संसदीय दल दुवैको नेतृत्व गर्न पाउनुहुन्नथ्यो, उहाँले एक पद छोड्नुपर्थ्यो तर छोड्न मान्नुभएन ।
दृष्टान्त नं.५. :
यदी क.केपी शर्मा ओली पार्टी अध्यक्ष वा पार्टी संसदीय दलको नेता मध्ये एकमा मात्र बसेर भए पनि पार्टी एकता जोगाउनु पर्थ्यो भन्ने हो भने एकातिर क.प्रचण्ड र क.माधव नेपालले अलगअलग पार्टी खोलेर पार्टी अध्यक्ष र पार्टी संसदिय दलको नेता दुवै पदमा किन बस्नुभयो साथै एउटै पार्टी बनाएर पार्टी अध्यक्ष वा पार्टी संसदिय दलको नेता मध्ये क.प्रचण्ड र क.माधव नेपालले एकएक पद किन नलिनुभएको ?

अर्कोतिर अलगअलग पार्टीमै भएपनि माओवादीमा अन्य नेतालाई एक पद दिएर क.प्रचण्ड किन एक पदमा रहन नसक्नुभएको ? साथै क.माधव नेपालले पनि एक पदमा क.झलनाथ खनाललाई ल्याई आफू एक पदमा किन सिमित हुन नसक्नुभएको ?

आरोप नं.६. : क.केपी ओली नेतृत्वको सरकारले काम गर्न नसकेर बदनाम भएको छ ,पार्टी उँहाको नेतृत्वमा चुनावमा जाँदा सर्वनाक हार व्यहोर्छ ।
दृष्टान्त नं.६ :
यदि क.केपि शर्मा ओली नेतृत्वको सरकारले बदनाम कमाएको थियोे र उनी आफै जनताको नजरमा बदनामित थिए भने भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा क.प्रचण्डले नेतृत्व गरेको माओवादी र क.माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टी एक्लाएक्लै चुनावमा गएर एमालेलाई हराउने तागत नराखी कांग्रेसलाई गुरुको नेतृत्वमा राखि चुनावी गठबन्धन गरेको ?

-लेखक निवर्तमान महासचिव एवं कार्यलय कमिटी सदस्य हुनुुहुन्छ।