अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको पोलिटब्युरो बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

नेकपा एसको पोलिटब्युरो बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?


काठमाडौं – समसामयिक र सांगठनिक विषयमा छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्दैछ । आजबो बबैठकमा भोलि बस्ने केन्द्रीय कमिटी र लगत्तै १३ – १४ असारमा राष्ट्रिय परिषद्को बैठकका एजेन्डाका विषयमा पनि छलफल हुने छ ।

पार्टीको सचिवालय र स्थायी कमिटीले केही दिनअघि बैठक बोलाएको हो । एकीकृत समाजवादीभित्र मन्त्री हेरफेरको विषयले तनाव सिर्जना गरेका कारण सत्ता गठबन्धन बचाउने कि नबचाउने भन्ने प्रश्न पनि उठाउन थालिएको छ ।

पार्टीको निर्णय गठबन्धनका प्रधानमन्त्रीले कार्यान्वयन नगर्ने हो भने साथै रहन नसक्ने नेताहरूले बताउन थालेका छन् । २२ जेठमा मन्त्रीहरू फेर्ने समाजवादीले निर्णय गरेको थियो । उक्त निर्णय अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन गराएका छैनन् ।

त्यही कारण तनावमात्र होइन, गठबन्धनको विकल्पमा पनि छलफल हुन थालेको छ ।