अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म प्रचण्डको गुटमा नलागेको भए नेकपा फुट्ने थिएन, मैले आत्मआलोचना गरेको छु : वामदेव

म प्रचण्डको गुटमा नलागेको भए नेकपा फुट्ने थिएन, मैले आत्मआलोचना गरेको छु : वामदेव


काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू तत्कालिन समयमा प्रचण्डको गुटमा नलगोको भए नेकपा पार्टी नफुट्ने दाबी गनुभएको छ ।

शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, ‘मेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाइयो । म गुटमा नलागेको भए पार्टी फुट्ने थिएन । मैले आत्मआलोचना गरेको छु । मलाई कल्पना पनि थिएन पार्टी फुट्छ भनेर ।’

पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने भएपछि आफुले प्रचण्डको गुट पनि छाडेको उहाँको भनाई छ ।