अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामकुमारी झाँक्री बाहेक प्रेम आलेसहित ६ सांसदद्धारा विद्रोही पत्र फिर्ता

रामकुमारी झाँक्री बाहेक प्रेम आलेसहित ६ सांसदद्धारा विद्रोही पत्र फिर्ता


काठमाडौं – नेकपा एकीकृत समाजवादीका ६ सांसदले पार्टीले मन्त्री फेर्न गरेको निर्णयबिरुद्ध बुझाएको पत्र फिर्ता लिनुभएको छ ।

शुक्रबार सरकारमा रहेका मन्त्रीहरुसहित नेकपा एसका १० सांसदहरुले पार्टीको निर्णय चित्त नबुझ्दो भएको भन्दै विभिन्न माग राख्दै ८ बुँदे पत्र अध्यक्ष माधव नेपाललाई बुझाउनुभएको थियो ।

उहाँहरूले तत्काल संसदीय दलको बैठक बोलाउन पनि अध्यक्ष नेपालको ध्यानाकर्षण गराउनुभएको थियो ।

पत्र फिर्ता लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सांसद धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्त र बिनादेवी बुढाथोकी हुनुहुन्छ ।

त्यस्तैगरी सांसद निरा जैरू पनि हस्ताक्षर फिर्ता लिने तयारीमा रहेको बताइएको छ। यसअघि अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मन्त्री परिवर्तन गर्ने भन्दै नयाँ मन्त्रीहरुको नाम नै पठाउनुभएको थियो ।