अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसले धेरै खेले गठबन्धन टुट्छ : वर्षमान पुन

काँग्रेसले धेरै खेले गठबन्धन टुट्छ : वर्षमान पुन


काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।
आज सिन्धुपाल्चोकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा पुनले स्थानीय तहको निर्वाचनमा काँग्रेले धेरै चलाखी गरेको बताउनुभयो । आगामी चुनावहरुमा पनि यस्तै चलाखी काँग्रेसले गर्छ भने गठबन्धनको निरन्तरता नहुन पनि सक्छ पुनले भन्नुभयो । तर अहिले नै वाम गठबन्धन गर्ने आधार तयार पनि नभएको उहाँहले बताउनुभयो ।