अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछाप- काठमाडौं पत्रकार समाजको अध्यक्षमा गुरूङ, महासचिवमा पौडेल

रामेछाप- काठमाडौं पत्रकार समाजको अध्यक्षमा गुरूङ, महासचिवमा पौडेल


काठमाडौ- रामेछाप-काठमाडौं पत्रकार समाजको अध्यक्षमा दीपेन्द्र गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत घोषणा गरिएको हो।

संस्थाको महासचिवमा प्रज्वल पौडेल, उपाध्यक्षमा यसिमा महत, सचिवमा एलिना कार्की, कोषाध्यक्षमा दुर्गा खड्का सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा घनश्याम श्रेष्ठ, सुवास सुनुवार, पवन बराइली, राजकुमार खाती रहेका छन्।

अधिवेशनको अवसरमा समाजले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यद्वय माधव पौडेल, ज्ञानप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला अध्यक्ष सूर्य सुवेदी र समाजसेवी सोनाम गेल्बु शेर्पालाई राखेप सदस्य सचिव घिसिङले सम्मान गर्नुभएको छ ।

समाज रामेछापबाट काठमाडौं उपत्यकामा आएर पत्रकारितामा संलग्न व्यवसायिक पत्रकारहरूको साझा संस्था हो।