अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आशा गरौं, आजै मन्त्रिमण्डल पुनर्गठन हुनेछ : नेपाल

आशा गरौं, आजै मन्त्रिमण्डल पुनर्गठन हुनेछ : नेपाल


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्भवतः आज मन्त्रिपरिषद् पुनर्गठन हुने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा उनले छिट्टै पार्टीको निर्णय कार्यान्वयन हुने बताउनुभयो ।

“मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने आशा र विश्वास गर्दछु,” उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले कतिपय व्यक्तिहरूको आफू पदमा बसेपछि हट्नै नचाहने प्रवृृत्ति भएको बताउनुभयो ।

उहाँले पार्टीबाट सरकारमा गएका केही मन्त्रीहरूले दिएको राजीनामा गोजीमा बोकेर हिँडेको समेत सुनाउनुभयो । अरू मन्त्रीहरूको पनि राजीनामा आउने अपेक्षा गर्नुभयो ।