अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशमा जलाधार व्यवस्थापन चुनौती र अवसर

कर्णाली प्रदेशमा जलाधार व्यवस्थापन चुनौती र अवसर


कर्णाली प्रदेश नेपालको भूगोलको हिसावले ठलो भए पनि भौगोलिक विषमताको दृष्टिकोणले अत्यन्त दुर्गम र मानव विकास सूचकां हेर्दा अत्यन्त कमजोर छ । नेपालको कुल भूभागको १८।९७५ अर्थात २७¸९८४ वर्ग किलोमिटर क्षेत्र ओघटेको यो प्रदेश जनसंख्याको हिसावले सवैभन्दा सानो र भुगोलको हिसावले नेपालको सवैभन्दा ठुलो प्रदेश हो ।

राष्ट्रिय जनगणाना २०७८ को तथ्यांकलाइ हेर्दा यहाँको जनसंख्या १६¸९४¸८८९ अर्थात नेपालको कुल जनसंख्याको ५।८१ ५ मात्र रहेको छ । कम जनसंख्या¸ कमजोर मानव विकास सूचकांक¸ कठिन भूगोल हुदाहुदै पनि प्राकृतिक सम्पादामा सवैभन्दा सम्पन्न यस प्रदेशमा धेरै चुनौतिहरुका विच सम्भावना र अवसरहरु पनि त्यतिकै रहेका छन ।

नेपालको सवैभन्दा लामो कर्णाली नदी उदगम स्थल¸ उच्च मुल्यका जडिवुटीहरुको भण्डार¸ कैलास¸ मानसरोवर दर्शनको कोरिडर¸ रारा¸फोक्सुण्डो¸सिजा सभ्यताको उदगमस्थल जस्ता प्रयटकिय क्षेत्रहरु रहेको यो माथिल्लो कर्णाली जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापन आजको प्रमुख आवश्यकता रहेको छ ।

विश्वमै श्रृजित वातावरणिय प्रदुषण तथा विकासको तिव्र गतिमा अगाडि वढिरहेका दुइ छिमेकी देश उत्तरको चीन र दक्षिणको भारतका पुर्वाधार तथा ‍औधोगिक विकासका कारण श्रृजित प्रदुषणले नेपालको कर्णालि जस्तो उच्च हिमाली भुभाग र हिमश्रृंखला ‌ओघटेको क्षेत्रलाइ अत्यन्त धेरै नकारात्मक प्रभाव पारेको छ ।

महत्वपुर्ण जलभण्डार कर्णाली नदी र यसका शाखा नदीहरुको पानी श्रोत क्षेत्रहरुमा जलवायू परिवर्तनका नकारात्मक असरहरुले गर्दा वाढि ¸पहिरो एवं भूक्षय¸हिमालका हिउँ चाडै पग्लने¸ अतिवृष्टि¸ अनावृष्टि¸खडेरी जस्ता गम्भिर असरहरु देखिन थालेका छन् । कर्णाली जलाधार क्षेत्रमा वसोवास गर्ने मानिसहरुको जिवनयापनको मुख्य श्रोत जडिवुटि¸फलफुल तथा कृषीवालिको उत्पादनमा ह्रास आउदा आत्मनिर्भर अर्थतन्त्रको विकासमा गम्भिर प्रश्न उठेको छ ।

विधुतको प्रचुर सम्भावना रहेका र जलावायू परिवर्तनको असरलाइ रोक्ने हाम्रा पानीका मुहानहरु¸हिमताल¸खोला तथा नदीहरुका जलाधार क्षेत्रहरुमा गरिएका अवैज्ञानिक एवं अजैविक खेति प्रणाली¸अध्ययन अनुसन्धान तथा वातावरणिय परिक्षण विना ठुला उपकरणहरुको प्रयोग गरि निर्माण गरिएका घर घर पुग्ने मौषमी सडकहरु¸विकासलाइ उत्पादन र दिगो आर्थिक उपार्जन भन्दा पनि व्यवसायक रुपमा लिइ टुक्रे र विना दृष्टिकोण दैनिक जिविकोपार्जनका लागि सिमित व्यक्तिहरुलाइ खुसि वनाउन वितरण गरिने आयोजनाहरुले वातावरण संरक्षण गर्नु भन्दा पनि दिगो आर्थिक विकास र गरिव एवं विपन्न कर्णालीवासी जनतालाइ अझै वर्षौ सम्म पछाडि पारिरहने कारक तत्वहरु हुन भन्दा अन्यथा हुदैन जस्तो लाग्छ ।

स्थानिय स्तरमा खनिएका सडकहरुमा जथाभावी थुपारिएका माटो तथा ढुंगाको उचित व्यवस्थापन नगर्दा वर्षा यामको पानीले वगाएर लगि तल्लो क्षेत्रमा भइरहेको बाढिपहिरोका कारण सडक खनेर निस्केको रुखो माटो र ढुंगाले किसानहरुले वर्षौ सम्म मेहेनत गरेर तयार गरेका उर्वरासिल जमिन¸ सयौं वर्ष अगाडि हाम्रा पुर्खाहरुले छिनो घन र कोदालोहरुको प्रयोगले पहरा फुटाएर वनाएका सिचाइकुलाहरु¸ पानीका मुहान ¸धेरै खर्चेर वनाएका पक्कि पुल तथा तल्लो क्षेत्रका पक्कि सडकहरु¸आधुनिक पक्कि संरचनाहरु तथा वस्तिहरु नै क्षणभरको बाढिले पुरिदा र वगाउँदा राज्यको ठुलो धनरासी उक्त संरचनाहरुको पुनस्निर्माणमा खर्च हुन पुग्दा सिंगो देशनै विकासको घनचक्करमा फसिरहेको छ ।

क्षणिक आवश्यकता र सिमित व्यक्तिहरुको चाहना पुरा गर्ने आयोजनाहरुको छनौट गर्नु भन्दा पनि दिगो विकासको अवधारणालाइ आत्मसाथ गर्दै जल¸ जमिन¸ जंगल¸ जिवजन्तु र स्थानिय वासिन्दाहरुको एकिकृत व्यवस्थापन सहितको विकास वाट नै कर्णालीवासी जनताको समृद्भि हुन सक्छ । देख्दा सामान्य देखिने तर समग्र विकास र समृद्धिमा असर गर्ने यस्ता समस्या समाधानका लागि माथिल्लो भूभागमा रहेका सडक संजालको विकास गर्दा ढुंगामाटोको उचित व्यवस्थापन गरी वोटवीरुवा संगै सडकको दायाँ वायाँ ग्यावियन जाली संगै वोटविरुवा लगाउने कार्यलाइ संगसंगै गर्ने¸ सडक खन्दा सडक किनारामा वसोसास गरिरहेका वासिन्दाहरुको जोखिमलाइ संगसंगै समाधान गर्ने¸ वैज्ञानीक खेति प्रणालीको विकास गर्दै भिराला जमिन तथा पाखाहरुमा वहुवर्षिय तथा कम खनजोत गर्नुपर्ने उच्चमुल्यका जडिवुटि तथा फलफुल खेति गर्ने¸ गरा सुधार गरि कम भन्दा कम भिरालो जमिनमा खेती गर्ने र जैविक तथा प्रांगारिक मलको प्रयोगलाइ उच्च प्राथमिकतामा राखी अर्गानिक खेति गर्न किषानलाइ प्रोत्साहन तथा सहुलियत प्रदान गर्ने¸स्थानिय स्तरमै उपलव्ध साधन श्रोतको प्रयोगवाट ससाना भूक्षय¸ नदी कटानजस्ता समस्याहरुको समाधान¸एक टोल एक संरक्षण पोखरी ९पानी पुनरभरणका लागी वगिरहेको पानी संकलन गरी जमिनमुनी पठाउने पोखरी० निर्माण¸ वनजंगल र जैविक विविधताको संरक्षणमा स्थानिय समुदाय¸ क्लव तथा विद्यालयहरुलाइ जागरुक कृयासिल र जिम्मेवार वनाउने¸स्थानिय तथा सहरि क्षेत्रका खानेपानी¸ र सिचाईका श्रोतक्षेत्रहरुको दिगो संरक्षणका लागि मुहान भन्दा माथि वृक्षारोपण¸पानी पुनर्भरण पोखरी निर्माण गर्न आवश्यक छ ।

सो क्षेत्रहरुमा सकभर पानी श्रोतको वाटो परिवर्तन हुने¸ मुल भासिने जस्ता समस्याहरु आउने गरि भौतिक संरचनाहरु नवनाउने जस्ता देखिदा स साना कामहरुले हाम्रो सिगो समाज¸ देश र विश्वलाइ नै वातावरणिय असन्तुलनका कारण पैदा भइरहेका समस्याहरुलाइ न्युनिकरण गर्न¸ विकासका पुर्वाधारहरुको संरक्षण गर्न¸ जमिनको उर्वराशक्ति कायम राख्न तथा वढाउन र पानीको श्रोतहरुको संरक्षण एवं दिगो उपयोग गर्न टेवा पुग्दछ र समग्र जलाधार क्षेत्र र यसका अवयवहरुको दिर्घकालिन संतुलनमा सहयोग पुग्दछ ।

साना साना विकास निर्माणका योजनाको छनौट¸कार्यान्वयन तथा दिगो व्यवस्थापनको जिम्मेवारी स्थानिय सरकारलाइ दिने¸भूक्षय¸वाढी पहिरो तथा जमिनको उर्वराशक्तिमा ह्रास आउने¸ पानीका श्रोतहरुको विनास हुने तथा जलभण्डारमा असर पर्ने आयोजनाहरुलाइ विस्तृत वातावरणिय अध्ययन र गुरुयोजना तयार गरेर मात्र कार्यान्वयन गर्ने कार्यलाइ कानूनी रुपमा नै सम्वोधन गरि अनिवार्य गरिनुपर्छ ।जलाधार व्यवस्थापनको कामलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनचेतना अभिवृद्धि गर्दै पानी श्रोत संरक्षण¸ एकिकृत जलाधार व्यवस्थापन एवं तल्लो तथा माथिल्लो तटिय सम्वन्धको विकास गरि जलावायू परिवर्तनका असरहरु न्यनिकरण गर्न कर्णाली प्रदेश सरकारले हाल १० वटै जिल्लामा हेर्ने गरि जम्मा दुइवटा मात्र जुम्ला र सुर्खेतमा रहेका भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुलाइ सरकारको श्रोतसाधनलाइ ध्यान दिदै संघियताको मर्म अनुरुप सम्त प्रत्यक जिल्लामा यदी तत्काल नसकिए नदी प्रणालीका आधारमा कम्तिमा ५ स्थानमा कार्यालय राखी सेवा प्रवाहलाइ विस्तार गर्न अत्यन्त जरुरी देखिन्छ ।