काठमाडौं-सरकारले बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ। आज (शुक्रबार) सरकारले बागमती करिडोरअन्तर्गत बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।
काठमाडौँ उपत्यकामा बागमती नदी तथा सहायक नदी किनारमा रहेका बस्ती भत्काउन सुरु गरिएको सरकारले जनाएको छ।
पहिलो चरणमा सरकारले सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको थियो।
अहिले दोस्रो चरणमा बल्खुस्थित नदी किनारका अव्यवस्थित बस्ती हटाउन थालिएको हो।


प्रतिक्रिया