काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्। कानुनी परामर्शपछि पुनर्विचार राष्ट्रपतिले अध्यादेश फिर्ता पठाएको शीतल निवास स्रोतले जनाएको छ।
सरकारले राष्ट्रपति समक्ष ८ वटा अध्यादेश पठाएको थियो। ती मध्ये ६ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने एउटा विचाराधीन अवस्थामा छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा ६ जना हुन्छन् । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।
प्रचलित ऐनमा परिषद्को बैठक बस्न गणपूरक संख्या अध्यक्ष र चारजना सदस्य उपस्थिति अनिवार्य हुनुपर्छ ।
यसअघि संसद्ले पारित गरेको विधेयकमा गणपूरक संख्याका चारवटा अवस्था परिकल्पना गरिएको थियो ।







प्रतिक्रिया