अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अरूमाथि भरोसा छैन, निर्वाचनको तयारी आफैं गर्ने हो : माधव नेपाल

अरूमाथि भरोसा छैन, निर्वाचनको तयारी आफैं गर्ने हो : माधव नेपाल


काठमाडौं – नेकपा (एस)का अध्यक्ष माधव नेपालले मंसिरमा संसदीय चुनाव हुने बताउनुभएको छ ।

सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश र प्रतिनिधि सभाको चुनाव मंसिरमा हुने बताउनुभयो।

उहाँले अरूमाथि भरोसा गरेर चल्ने नभई आफैं तयारी गर्ने बताउनुभयो । भन्नुभयो, ‘अरूमाथि भरोसा गरेर चल्ने होइन, आफैैं तयारी गर्ने हो । १६५ संघीय र ३३० वटै प्रदेश सभा सदस्यका लागि ठोस् जिम्मेवारी दिनैपर्छ । तयारी अहिलेदेखि नै गर्नुपर्छ ।’