अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जबज’ र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध छ : उपाध्यक्ष पौडेल

‘जबज’ र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध छ : उपाध्यक्ष पौडेल


बुटवल- नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ। उहाँले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं ।
ओठेभक्ति र स्तुति होइन‚ मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं‚’ ७१ औं मदन जयन्तीका अवसरमा प्रेस चौतारीले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो । मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको भन्दै नेता पौडेलले जनताको बहुदलीय जनवादका अलग अलग विशेषतालाई नागरिकबीच पुर्‍याउन आफू निरन्तर लागेको बताउनुभयो ।

भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको उहाँले बताउनुभयो ।