अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीको जंगलमा कर्मचारीलाई लुटपाट गर्ने तीनजना भारतीय नागरिक पक्राउ

कैलालीको जंगलमा कर्मचारीलाई लुटपाट गर्ने तीनजना भारतीय नागरिक पक्राउ


महेन्द्रनगर- डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारीलाई कैलालीको जंगलमा लुटपाट गरी हातखुट्टा बाँधेर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनै जना भारतीय नागरिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा भारतको हरियाणा राज्यको सोनीपथ घर भएका २१ वर्षीय भगत सिंह, १८ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी औट छन्।

प्रहरीले उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको जंगलामा फेला पारेको जनाएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ घर भइ आलीताल गाउँपालिकामा कम्प्युटर अपरेटरका रुपमा कार्यरत ३७ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई प्रहरीले सोमबार कैलालीको गोदावरी नगरपालिका–०४ बुढीतोला गाइमारेको जंगलमा हात–खुट्टा बाँधिएको अवस्थामा फेला पारेको थियो।

कार्यक्षेत्र डडेलधुराका लागि आइतबार प्रदेश ०३-०१-०२३ च ८७२१ नम्बरको कार चलाएर हिँडेका भण्डारीले प्रहरीलाई दिएको बयानमा भारतीय जस्ता देखिने व्यक्तिलाई आफूले पहाड ९कैलालीको खानीडाँडा० जाने भनेर लिफ्ट दिएको र बुढीतोलाको उकालोमा उनीहरुले फोटो खिच्ने भनेर कार बाहिर बोलाइ गम्छा, कम्मर पेटी र डोरीले हात–खुट्टा तथा मुख बाँधेर जंगलमा छाडेर कार लगेर गएको बताएका थिए।
उनीहरुले लुटेको भनिएको कार प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्रि सडक खण्डमा बेवारिसे अवस्थामा फेला पारेको थियो।