अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको जग नै किसान र श्रमिक हुन् : अग्नी खरेल

एमालेको जग नै किसान र श्रमिक हुन् : अग्नी खरेल


बिर्तामोड- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एमालेको जग नै श्रमिक र किसान वर्ग भएको बताउनु भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा खरेलले एमाले किसान र श्रमिक कै जगबाट बनेको बताउनुभयो ।
झापाको अर्जुनधारा ७ मा नेकपा एमाले अर्जुनधारा र किसान महासंघले संयुक्त रुपमा आयोजना गरेको धान रोपाईमा सहभागी हुँदै खरेलले किसान, श्रमिकको पार्टी सधैं गरिखाने वर्गकै पक्षमा हुने बताउनुभयो । धान रोप्ने कार्यक्रमको शुरुआत गर्दै झापा जिल्ला इन्चार्ज खरेलले जिल्लाका सबै पालिकामा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । ।
किसान र श्रमिक वर्गको साथ पाएको पार्टी एमाले जनताको प्रीय पार्टी भएको उहाँको धारणा थियो । इञ्चार्ज खरेल जिल्लाका अन्य पालिकाको धान रोपाईमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।