अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चरम आर्थिक संकटमा गुज्रिएको श्रीलंकामा राष्ट्रपतिको निवासमा विरोध प्रदर्शन

चरम आर्थिक संकटमा गुज्रिएको श्रीलंकामा राष्ट्रपतिको निवासमा विरोध प्रदर्शन


काठमाडौ- चरम आर्थिक संकटमा गुज्रिएको श्रीलंकामा राष्ट्रपतिको निवासमा विरोध प्रदर्शन गरेका छन् ।

हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो ।
श्रीलंकामा आर्थिक मन्त्री चर्किएपछि भइरहेको श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ र यस क्रममा शनिबार भएको प्रदर्शन ठूलोमध्येको एक हो ।

श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेको भिडियो फुटेजहरु सञ्चार माध्यमहरुले देखाएका छन् ।
विदेशी मुद्राको सञ्चिती ज्यादै न्युन भएपछि श्रीलंकाले पछिल्लो समय आर्थिक संकट भोगिरहेको छ । उसले न्यून मात्रामा मात्र पेट्रोलियम पदार्थ, खाद्यान्न र औषधि खरिद गर्न पाएको छ ।

मुलुकको यो स्थिति आउनुमा राष्ट्रपति गोटावाया राजापाक्षे दोषी रहेको भन्दै विरोधीहरुले पाँच महिनादेखि राजीनामा माग गरिरहेका छन् ।