काठमाडौ- जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली छ भने देशका विभिन्न स्थानमा पानी परिरहेको छ।
अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।
आज दिउँसो पनि देशभर मौसम सामान्य बदली रहनेछ भने प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भेगलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। महाशाखाको बुलेटिनअनुसार देशका पहाडी भेगका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




प्रतिक्रिया