अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले हतियार किन्ने कुनै योजना छैन : प्रधानमन्त्री देउवा

अहिले हतियार किन्ने कुनै योजना छैन : प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीका लागि हतियार किन्ने सरकारको योजना नरहेको बताउनु भएको छ।

ललितपुर सानेपामा जारी कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा नेताहरुले उठाएका प्रश्नको आज जवाफ दिने क्रममा देउवाले यस्तो बताउनु भएको हो ।

कांग्रेस सभापतिसमेत रहेका देउवालाई नेता गोपालमान श्रेष्ठले देश आर्थिक संकटमा परिरहेका बेला हतियार किन्न ठीक नहुने सुझाव दिनु भएको थियो ।

पछिल्लो ७ वर्षदेखि हात हतियार खरिद नगर्दा चरम अभाव झेल्नु परेको गुनासो नेपाल प्रहरीले गरिरहेको छ।

सरकारले हातहतियार खरिदका लागि नेपाल प्रहरीलाई बजेट विनियोजन गरेपछि प्रक्रिया अगाडि बढाएको थियो। तर खरिद प्रक्रिया र मूल्यलाई लिएर पनि यो कुरा विवादित बनेको छ।