अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किरात एकेडेमी पुरस्कार ‘भोजपुरको वाङ्मय’ र ‘आदिवासी विद्रोहको इतिहास’लाई

किरात एकेडेमी पुरस्कार ‘भोजपुरको वाङ्मय’ र ‘आदिवासी विद्रोहको इतिहास’लाई


काठमाडौं – किरात एकेडेमीद्वारा प्रदान गरिने ‘किरात एकेडेमी पुरस्कार’को घोषणा गरेको छ । यसपटक विप्लव ढकालको कृति ‘भोजपुरको वाङ्मय’ र राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’लाई संयुक्त रूपमा दिइने भएको छ।

यो पुरस्कारका लागि यसअघि सात वटा कृतिको सूची सार्वजनिक गरिएको थियो। सार्वजनिक सूचीमध्ये दुई वटालाई संयुक्त रूपमा दिइन लागिएको एकेडेमीका अध्यक्ष भूपाल राईले जानकारी दिनु भयो । पुरस्कारको राशी ५० हजार रहेको छ ।

किरात एकेडेमी पुरस्कार तेस्रो पटक प्रदान गर्न लागिएको हो। यसअघि पहिलो पटक युग पाठकको उपन्यास ‘उर्गेनको घोडा’ र दोस्रो पटक झलक सुवेदीको अनुसन्धानमूलक पुस्तक ‘ब्रिटिस साम्राज्यको नेपाली मोहोरा’ले प्राप्त गरेका थिए।